अनुहार र आँखा वरपरको भागलाई सफा राख्नुपर्दछ । त्यसैगरी धैरै घाम, हावाबाट र कु नै पनि चोटपटकबाट आँखालाई जोगाउनुपर्दछ । यसले गर्दा आँखामा पोल्ने, रातो हुने जस्ता समस्या हुँदैनन् । पोषणयुक्त खानेकुरा खानाले पनि आँखाको स्वास्थ राम्रो पार्न ठूलो भूमिका हुन्छ । जुन खानेकुराले मुटुलाई स्वस्थ राख्छन्, आँखाको लागि पनि त्यही खाना राम्रो हुन्छ ।
आँखामा चोटपटक लाग्दा आँखा कमजोर हुने वा अन्धोपन पनि हुन सक्छ । त्यसैले चोटपटकको तुरुन्तै उपचार गर्नुपर्दछः आँखाको गम्भिर चोटपटक वा खतरायुक्त लक्षणहरुका लागि नजिकै को अस्पताल वा स्वास्थ्य क्लिनिकमा जानुपर्दछ । त्यहाँ स्वाथ्यकर्मी र आँखा वि शेषज्ञले राम्रो उपचार गर्छन् । टाढाको वा नजिकै को वस्तुहरु देख्नमा गाह्रो भएमा चस्माको प्रयोग गर्नुपर्छ र राम्रोसँग देख्न सक्ने बनाउँछ । उमेर बढ्दै जाँदा पढ्नको लागि वा टाढा हेर्न चस्मा चाहिन सक्छ ।
वयस्कहरुमा मोतिविन्दु र ग्लुकोमा दृष्टि कम हुने मुख्य कारणहरु हुन् जसबाट अन्धोपन पनि हुनसक्छ । यस्ता समस्याको उपचार गरेपछि ठीक हुन्छ । आँखा र यसका भागहरुका बारेमा जानकारी राख्नाले आँखालाई स्वस्थ राख्न र आँखा सम्वन्धि समस्याहरुको हेरबि चार गर्न मद्दत पुग्दछ । वयस्कहरुमा मधुमेहबाट पनि आँखाको ज्योति खराब हुने भएकोले मधुमेहको बिरामीले आँखाको हेरवि चारमा बढी ध्यान पुर्याउनुपर्छ ।
Good
Nice Post
Very informative!
Thank You ! 🌸
Really helpful
Hello
hello