media

आँखाको आधारभूत हेरचाह

अनुहार र आँखा वरपरको भागलाई सफा राख्नुपर्दछ । त्यसैगरी धैरै घाम, हावाबाट र कु नै पनि चोटपटकबाट आँखालाई जोगाउनुपर्दछ । यसले गर्दा आँखामा पोल्ने, रातो हुने जस्ता समस्या हुँदैनन् । पोषणयुक्त खानेकुरा खानाले पनि आँखाको स्वास्थ राम्रो पार्न ठूलो भूमिका हुन्छ । जुन खानेकुराले मुटुलाई स्वस्थ राख्छन्, आँखाको लागि पनि त्यही खाना राम्रो हुन्छ ।

आँखामा चोटपटक लाग्दा आँखा कमजोर हुने वा अन्धोपन पनि हुन सक्छ । त्यसैले चोटपटकको तुरुन्तै उपचार गर्नुपर्दछः आँखाको गम्भिर चोटपटक वा खतरायुक्त लक्षणहरुका लागि नजिकै को अस्पताल वा स्वास्थ्य क्लिनिकमा जानुपर्दछ । त्यहाँ स्वाथ्यकर्मी र आँखा वि शेषज्ञले राम्रो उपचार गर्छन् । टाढाको वा नजिकै को वस्तुहरु देख्नमा गाह्रो भएमा चस्माको प्रयोग गर्नुपर्छ र राम्रोसँग देख्न सक्ने बनाउँछ । उमेर बढ्दै जाँदा पढ्नको लागि वा टाढा हेर्न चस्मा चाहिन सक्छ ।

वयस्कहरुमा मोतिविन्दु र ग्लुकोमा दृष्टि कम हुने मुख्य कारणहरु हुन् जसबाट अन्धोपन पनि हुनसक्छ । यस्ता समस्याको उपचार गरेपछि ठीक हुन्छ । आँखा र यसका भागहरुका बारेमा जानकारी राख्नाले आँखालाई स्वस्थ राख्न र आँखा सम्वन्धि समस्याहरुको हेरबि चार गर्न मद्दत पुग्दछ । वयस्कहरुमा मधुमेहबाट पनि आँखाको ज्योति खराब हुने भएकोले मधुमेहको बिरामीले आँखाको हेरवि चारमा बढी ध्यान पुर्याउनुपर्छ ।

उमेर बढ्दै जाँदा पढ्नको लागि वा टाढा हेर्न चस्मा चाहिन सक्छ !

आँखा स्वस्थ भएको अवस्थामाः

  • आँखाको ढकनी सजिलै खुल्छन् र बन्द हुन्छन् ।
  • परेलाहरु आँखाको भित्रपट्टि नभई बाहिरपट्टि दोब्रिन्छन् ।
  • सेतो भाग सबै सेतो, मुलायम र ओसि लो हुन्छ ।
  • आइरिस र नानीलाई ढाक्ने सफा (पारदर्शी) कोर्नि याचम्किलो, मुलायम र पारदर्शी हुन्छ ।
  • आँखाको नानी कालो र गोलो हुन्छ । प्रकाशसँगै यो सानो ठूलो बन्छ ।
Eye Anatomy English
Eye Anatomy Nepali

दृष्टि असामान्य भएको कसरी छुट्याउने

निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ।

  • नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिँदै हिड्नु।
  • बस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु।
  • बस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु।
  • हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु।
  • आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु।
  • पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु।
  • लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु।
  • चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु।
  • आँखाको गेडी लगातार हल्लिरहनु।


7 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Drishti-logo


दृष्टि चस्मा सेन्टर

आँखा जाँच क्लिनिक

Thank you for joining us.

×